गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुन्छ : कानुन व्यवसायी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुन्छ : कानुन व्यवसायी


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए ।

अधिवक्ताहरू सुरेन्द्र भण्डारी, अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको र त्यसपछि नेपाली नागरिकता लिएको प्रमाण पेस नभएकाले पनि उनी नेपाली नागरिक नभएको बताएका छन् ।

महान्यायाधिवक्ता सञ्जीव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् । अहिले टि–ब्रेक भएको छ ।

लगत्तै लामिछानेका निजी कानुन व्यवसायीहरूले बहस गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस