टी-२० क्रिकेट : विराटनगर ६ विकेटले विजयी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

टी-२० क्रिकेट : विराटनगर ६ विकेटले विजयी


२० पुस २०७९, बुधबार


काठमाडौँ । फार वेस्ट युनाइटेडमाथि बुधबार ६ विकेटको जित निकाल्दै विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिगको प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १५७ रनको लक्ष्य विराटनगरले १९।३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरको जितमा कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे । उनले ४२ बलमा चार चौका र दुई छक्का प्रहार गरे । प्रदीप ऐरीले ४०, हुसैन तलातले १७ र गौरान्शु शर्माले ११ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहे । फार वेस्टका करण केसी, प्रकाश जैसी, नूर अहमेद हस्मतुल्लाह साहिदीले समान एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाएका थिए । फगानिस्तानका हस्मतुल्लाह साहिदीले २७, करण केसीले अविजित १७, उमेर अलीले १६ र मिलिन्डा सिरीवर्दनाले १४ रन जोडे ।

विराटनगरका साहब आलमले तीन विकेट लिए । कियोन जोसेफले दुई विकेट लिँदा रोहितकुमार पौडेल, विवेक यादव र राज नाननले समान एक विकेट लिए ।

जितसँगै आठ खेलबाट ६ अङ्क जोडेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ । सात खेलबाट दुई अङ्क जोडेको फार वेस्टको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस