दुई वटा मन्त्रालय दिन जनमत पार्टीको माग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दुई वटा मन्त्रालय दिन जनमत पार्टीको माग


११ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारमा मन्त्री पठाउने विषयमा सीके राउत नेतृत्वको जनमत पार्टीको छलफल चलिरहेको छ ।

पार्टी कार्यालयमा चलिरहेको बैठकमा गैर सांसदलाई पनि मन्त्रीमा पठाउने छलफल भइरहेको छ ।

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार जनमतले कुन मन्त्रालय र कति वटा मन्त्रालय पाउने तय भएको छैन । पार्टीको भागमा कुन मन्त्रालय पर्छ त्यसैको आधारमा मन्त्री चयन गर्ने तयारी छ ।

बैठकमा तीन विकल्पमा छलफल चलिरहेको छ । पहिलो जनमत पार्टीका अध्यक्ष राउत आफै पनि मन्त्री बन्ने, दोस्रो मन्त्रालय पाएको आधारमा त्यस क्षेत्रको विज्ञलाई पनि मन्त्री बनाउने नभए पार्टीको अन्य कुनै सांसद वा गैर सांसदलाई पनि मन्त्री बनाउने ।

जनमत पार्टीले दुइटा मन्त्रालयको माग गरेका छ । जनमतको चाहना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस