मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु


९ पुस २०७९, शनिबार


लिलोङ्वे । चाल वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । योसँगै चट्याङ्बाट मृत्यु हुनेको कुल संख्या ४२ पुगेको छ ।

त्यसैगरी आँधीबेहरी तीव्र हावाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु भएको विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चार्ल्स कालेले बताएका छन् ।

हालसम्म ८५ जना घाइते भएका छन् भने केही सडक, विद्यालय र अस्पतालमा पनि क्षति पुगेको बताइएको छ । देशका २९ जिल्लामध्ये २४ जिल्लामा अविरल वर्षा, बाढी, हावाहुरी, असिना र चट्याङका कारण करिब ४२ हजार जनता प्रभावित भएको आयुक्तले बताए । मलावीको वर्षा मौसम सामान्यतया अक्टोबरमा शुरु भई अप्रिल सम्म रहन्छ ।

बुधबार मौसम परिवर्तन र मेट्रोलोजिकल सेवा विभागले दक्षिणी मलावीमा आउँदा दिनहरूमा बाढी आउन सक्ने ठूलो भारी वर्षाको चेतावनी जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस