‘मनि एक्सचेन्ज’का लागि अब प्रहरी रिपोर्ट अनिवार्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘मनि एक्सचेन्ज’का लागि अब प्रहरी रिपोर्ट अनिवार्य


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । मनि एक्सचेन्ज अर्थात् विदेशी मुद्रा विनिमय कारोबार गर्ने एजेन्टहरुले अब अनिवार्य प्रहरी रिपोर्ट बुझाउनुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैङ्क, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ तथा विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली, २०६७ लाई संशोधन गर्दै विभागले विनियम ४ को उपविनियम ३ मा इजाजत प्राप्त गर्न वा इजाजत पत्र नवीकरण गर्न प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (क्रिमिनल रेकर्ड) नदेखिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । यदि क्रिमिनल देखिएपनि उक्त व्यक्तिले सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेस गर्नुपर्ने प्रावधान विनियमावलीमा व्यवस्था गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस