सेना चढेको गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेना चढेको गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु 


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । भारतको सिक्किममा आज शुक्रवार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस