खोसियो हिमालय एयरलायन्सको ग्राउन्ड ह्यान्डलिङको अधिकार  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

खोसियो हिमालय एयरलायन्सको ग्राउन्ड ह्यान्डलिङको अधिकार 


७ पुस २०७९, बिहिबार


काठमाडौँ । हिमालय एयरलायन्सको पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङको अधिकार खोसिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ । 

जसअनुसार गत भदौ २८ तथा असोज ४ गते मा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्मलाई स्थगन गरिएको प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस