उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार : मन्त्री बडू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार : मन्त्री बडू


६ पुस २०७९, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

बुधवार नेपाल ट्रेड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् । उनले पछिल्लो समय देशको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए । उनले सरकारले देशको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको बताएका छन् । उनले देशभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

यस्तै उनले उद्योग र श्रमिकका समस्या तथा कानूनमा रहेका कमजोरीलाई पहिचान गरिदिन पनि आग्रह गरे भने बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस