उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुस् : गगन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुस् : गगन


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् ।

उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले अघि भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ उनले काँग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस