नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते 


४ पुस २०७९, सोमबार


काठमाडौँ । नवनिर्वाचित सांसदहरूलाई पुस ७ गते शपथग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी गरेको छ । 

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ७ गते दिउँसो १ बजे शपथग्रहण गराउने तयारी भइरहेको जानकारी दिए । 

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउने छन् । 

यसअघि आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ (२) अनुसार पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस