भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपति समसेर जबरा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपति समसेर जबरा


३ पुस २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समसेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । 

आइतबार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् ।  

उनले संसदमा आफूहरूको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे । उनले देशलाई अरूले धेरै तल झारेको भन्दै आफूहरूले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पुर्‍याउने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस