गठबन्धनको सरकार बन्दा कर्मचारीहरूमा काम नगर्ने प्रवृत्ति बढ्यो : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गठबन्धनको सरकार बन्दा कर्मचारीहरूमा काम नगर्ने प्रवृत्ति बढ्यो : मुख्यमन्त्री पाण्डे


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनको सरकार बन्दा कर्मचारीमा काम नै नगर्ने प्रवृत्ति बढेको बताएका छन् । उनले सरकारमा फरक-फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब पर्दा काम कारबाही ढिलाइ हुने गरेको बताए । 

मुख्यमन्त्री पाण्डेले फरक दलहरू मिलेर सरकार चलाउँदा कर्मचारीहरू कसैको दबाब आउने हो की भन्ने मनसायमा रुमल्लिने गरेको आफ्नो अनुभवले पाएको उनको भनाई छ । 

वाग्मती प्रदेशमा त ५ वर्षको कार्यकालमा ३ जना मुख्यमन्त्री बनिसकेका छन् । तत्कालीन नेकपा फुटेसँगै डोरमणि पौडेल पनि वाग्मतीको मुख्यमन्त्रीबाट हट्नुपर्‍यो । त्यसपछि नेकपा एमालेको समर्थनमा पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीमा चयन भइन् । त्यसको केही महिनापछि गठबन्धनको सरकार बनेसँगै वाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष पाण्डे चयन भएका थिए । त्यसपछिको कार्यकाल सङ्घीयताको कार्यान्वयनलाई बलियो बनाउन, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यको पूर्वाधार र प्रणालीलाई व्यवस्थित बनाएको मुख्यमन्त्री पाण्डे दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस