१७.७१ प्रतिशतले बढ्यो यातायात भाडा, बजार महँगी ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१७.७१ प्रतिशतले बढ्यो यातायात भाडा, बजार महँगी ?


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । बैङ्कले बिहीबार चालू आर्थिक वर्षको ४ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कात्तिक महिनाको बजार महँगी (मुद्रास्फीति) ८.०८ प्रतिशत कायम रहेको जनाएको हो । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा ६.०४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटेल उप-समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

यस्तै, गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ८.३३ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत रही मालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस