नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन देउवा पुगे आर्यघाट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन देउवा पुगे आर्यघाट


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्।

तरुण दलका पूर्व महामन्त्री चित्रकारको हिजो निधन भएको थियो। देउवाले उनको पार्थिव शरीरमा काँग्रेसको झण्डा ओढाएर सम्मान गरे।

बिपी कोइराला पहिलो पटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए। पछि बिपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडाैँ महानगरको प्रधानपञ्च बनेका थिए।

चित्रकार काठमाडौँका प्रधानपञ्च भएपछि भने पदसहितका राजनीतिमा सक्रिय थिएनन्।

Tags :
प्रतिक्रिया दिनुहोस