सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री साेडारीले विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री साेडारीले विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित


२२ बैशाख २०८१, शनिबार


काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री साेडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै  शनिबार लिने तयारी थियो ।

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक  अनिश्चितकाललाई सारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस