जापान सरकारले रामचन्द्र पौडेललाई सम्मान गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापान सरकारले रामचन्द्र पौडेललाई सम्मान गर्ने


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस