पुन: मतगणना माग गर्दै काँग्रेस उम्मेदवार यादव सर्वोच्चमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुन: मतगणना माग गर्दै काँग्रेस उम्मेदवार यादव सर्वोच्चमा


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । धनुषा-४ का नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनस् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा,  प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस