नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समुद्घाटन गरिएको छ ।

नेपाली सेनाको सहकार्यमा जङ्गी अड्डास्थित श्री सैनिक केन्द्रिय पुस्तकालय अगाडीको खेल मैदानमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उक्त स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ आज (बुधबार) र भोलि (बिहीबार) २८ गते र २९ गते सम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्न सकिने जनाइएको छ ।

सो स्वास्थ्य शिविरमा उक्त शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स-रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, Echocardiography, ई.सी.जी. तथा ब्लड सुगर जाँच लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराई चिकित्सकहरूको सिफारिस अनुसार निःशुल्क औषधीसमेत वितरण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस