विनोद पहाडीले पाए कर्मयोगी समाजसेवा पुरस्कार  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विनोद पहाडीले पाए कर्मयोगी समाजसेवा पुरस्कार 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार पत्रकार एवं पूर्वसांसद विनोद पहाडीले पाएका छन् ।

आइतबार एक समारोहकाबीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पहाडीलाई नगद १ लाख १० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदान बापत पहाडीलाई सम्मानित गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताए ।

पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार रकम आफूले निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस