लिखित जवाफ तयार पार्दै संसद्का महासचिव गौतम « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लिखित जवाफ तयार पार्दै संसद्का महासचिव गौतम


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दै छन् ।

शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसद्का महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम लिखित जवाफको तयारीमा जुटेका हुन् ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

साथसाथै, संवैधानिक इजलासले के कति कारणले पत्र लेखिएको हो भन्नेबारे जवाफ दिनसंघीय संसद्का महासचिवको नाममा आदेश जारी गरेको थियो । महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र गत बुधबार दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस