स्थानीय तहलाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्थानीय तहलाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरूलाई आग्रह गरेका छन् । 

राजधानीमा आज आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।  प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताए ।

उनले स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गरे । सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरू गर्नुपर्ने समेत उनले बताए । त्यसतर्फ छलफल चलाउनु जरुरी रहेको उनले बताए।

सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन पनि आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस