इङ्गल्याण्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इङ्गल्याण्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २(१ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस