मलको हाहाकारका बीच धानको उत्पादनमा वृद्धि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मलको हाहाकारका बीच धानको उत्पादनमा वृद्धि


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रदेश १ कृषि निर्देशनालयले दिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा यो वर्ष १ दशमलव २७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ ।

प्रदेश १ मा ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा भने धान उत्पादन १२ लाख ८२ हजार ५७३ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १६ हजार २८२ मेट्रिकटन धान बढी उत्पादन हुने उक्त कार्यालयको अनुमान छ ।

मल अभावकाबीचमा पनि धान उत्पादन बढ्नुमा सिँचाइ सुविधा र खेती गर्ने तरिकामा परिवर्तन मुख्य कुरा भएको विज्ञहरू बताउँछन् ।

धान उत्पादन वृद्धिमा अन्य केही कारणहरू पनि रहेको छन्। धान पसाउने बेलामा पानी पर्दा धानको लागि पर्याप्त सल्फर उपलब्ध हुँदा पनि धान उत्पादन बढेको उनीहरूको भनाई छ।

धानबारे जानकार पूर्वकर्मचारी सागर भट्टराई धानमा बढी पानी जमाउने गर्दा उत्पादनमा असर गर्ने बताउँछन् । यसपटक धेरै पानी नपरेर चाहिने समयमा पानी परेको कारण पनि उत्पादन बढेको उनी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस