चिलसँग ठोक्किएको जहाज मर्मतका लागि सिमकोट पुग्यो प्राविधिक टोली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चिलसँग ठोक्किएको जहाज मर्मतका लागि सिमकोट पुग्यो प्राविधिक टोली


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । बुधबार चिलसँग ठोक्किएको तारा एयरको जहाज मर्मतका लागि प्राविधिक टोली हुम्लाको सिमकोट विमानस्थलमा पुगेको छ ।

नेपालगञ्जबाट आज बिहान प्राविधिक जनक तामाङ नेतृत्वका सात सदस्यीय टोली पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । टोलीले जहाजको क्षति भएको भाग मर्मतको काम सुरु गरिसकेको छ ।

बुधबार अदानचुली गाउँपालिकास्थित मुनेलेक क्षेत्रमा उडिरहेको तारा एयरको ट्विनअटर जहाज चिलसँग टोक्किदा जहाजको अघिल्लो भागमा क्षति पुगेको थियो ।

पाइलट, को–पाइलट र एयर होस्टेज गरी तीनजना सवार जहाज सिमकोट विमानस्थलमा सकुसल अवतरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस