नेपालका तीन खेलाडी पीएसएलको ड्राफ्टमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालका तीन खेलाडी पीएसएलको ड्राफ्टमा


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेट किपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । 

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरू अटाएका हुन् ।

संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि आज सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस