राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड ब्याजमा लगानी गर्ने, दरखास्त आह्वान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड ब्याजमा लगानी गर्ने, दरखास्त आह्वान


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । 

बैङ्कले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैङ्कमा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैङ्कले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । 

सूचना अनुसार कुल रकम मध्ये १ अर्ब १ करोड ६० लाख रुपैयाँ क वर्गका वाणिज्य बैङ्कहरूका लागि छुट्याइएको छ भने ख वर्गको विकास बैङ्कहरूका लागि १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरूका लागि ६ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । 

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले मङ्सिर २५ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । 

यद्यपि, यस्तो निक्षेपका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने राष्ट्र बैङ्कले सर्त राखेको छ । निक्षेप आगामी पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म राखिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस