प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री खाँण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री खाँण


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । 

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए ।

भर्खरै सम्पन्न निर्वाचनका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस