यस्ता कर्मचारीलाई जसलाई बदमासी गर्नबाट कसले सक्छ रोक्ने छेक्ने ! « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

यस्ता कर्मचारीलाई जसलाई बदमासी गर्नबाट कसले सक्छ रोक्ने छेक्ने !


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । शक्तिकेन्द्र दायाँ भएपछि कर्मचारीलाई बदमासी गर्नबाट कसले रोक्ने/कसले छेक्ने ? कमल थापा,केपी ओली हुँदै नारायण खड्कासम्मलाई दायाँ पारेर खान खप्पिस कर्मचारी हुन दुर्गाबहादुर क्षत्री (दुवसु) जो अहिले राजदूतको भूमिकामा छन् ।

उनका दुई भाइ चक्र र कृसु दुवै परराष्ट्रका अधिकृत । एक मन्त्रीका निजी सचिव । उनैले अलि अघि तक्मा पड्काए । यता चक्र र उपसचिवमा बढुवा नहुने भएपछि उपसचिव बढुवा प्रक्रिया नै भाँडेर बसेका छन् । ०६७ ब्याचका सबै उपसचिवमा बढुवा हुँदा त्यस पछिका ब्याचका चक्रलाई अहिलै उपसचिव चाहियो र अदालतमा पुगेर यो प्रक्रिया नै रोके । गत शुक्रवार मात्र लोकसेवा आयोगले परराष्ट्र सेवाको उपसचिव तहको विज्ञापन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

निजामती कर्मचारीभित्रका डन र कालो काँग्रेसी भनेर चिनिएका सचिव रमेश सिंह त भर्खरै घर गए । घर जानु अघि उनले आफू निकटका कन्सल्टेन्सीलाई दिने गरी अघि बढाएको तीन अर्बको ठेक्का निर्वाचन आयोगले बदर गराइदिएको छ । झण्डै १ लाख ३६ हजार दरबन्दी रहेको निजामतीभित्र ८० प्रतिशत खराब कर्मचारी छन् भनिँदै आएको छ । त्यस्ता बदमास कर्मचारीहरू खोज्ने हो भने हरेक कार्यालयमा भेटिन्छन् ।

यस्तैमध्येका अर्का नटरलाल हुन दुर्गा भुसाल । सामान्य प्रशासन सेवाबाट रातारात परराष्ट्रमा छिरेका उनले लामो समय मन्त्री दिलेन्द्र प्रसाद बढुको सेवा र सु्श्रुषा गरे । मन्त्रीको चाकडी गरे बापत महावाणिज्यमहादुत पनि पाइसकेका छन् । नियम अनुसार वाणिज्यदुत हुनका लागि उपसचिव भएको ३ वर्ष पुग्नुपर्ने र वाणिज्य मन्त्रालय अन्तर्गत कम्तिमा २ वर्ष हुनुपर्ने प्रावधान छ । तर यस्ता प्रावधान त निरीह कर्मचारीहरूका लागि मात्र हो । मन्त्रीदेखि शक्तिकेन्द्र दायाँ भएकाहरूलाई यस्ता नीति नियम लाग्ने कुरा पनि होइन । उनले सो नीति नियमलाई धज्जी उडाउँदै नियम विपरीत महावाणिज्यदूत पड्काए ।

निर्वाचन अगावै जेनेभाको महावाणिज्यदूतमा नियुक्ति पाएका भुसालले सरुवा भएको महिना दिन बितिसक्दा समेत मन्त्रीको स्वकीयको जिम्मेवारी नछाड्नुलाई उद्योग र परराष्ट्रका कर्मचारीहरूले अचम्म मानेका छन् । काँग्रेस नेता रामचन्द्र पौडेलका सम्धी युवराज भुसालका साक्खै भतिज हुन् दुर्गा । दुर्गालाई बडुको पिए बनाउन पनि पौडेलले नै सिफारिस गरेका थिए भनिन्छ ।

उनले उद्योगमा रहेर उद्योग मन्त्रालय मातहतका हाकिमबाट मासिक उठाउने गरेको उद्योगकै कर्मचारीहरूको आरोप छ । त्यही उठ्ति पुठ्ती नसकिएका कारण उनले मन्त्रीको पिए छाडेर महावाणिज्यदूत खान नगएको भन्नेहरू उद्योग मन्त्रालय तिरै भेटिन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस