जुम्लामा विवाहबाट फर्किदा बाटोमा लडेर मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जुम्लामा विवाहबाट फर्किदा बाटोमा लडेर मृत्यु


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला–८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको गोरुखोला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको थियो ।

रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए ।

अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस