धनगढीमा निषेधाज्ञा थप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढीमा निषेधाज्ञा थप


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।

बिहीबार बिहान धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस