अमिन र खरिदारसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अमिन र खरिदारसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टङ्कप्रसाद निरौला र खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सरकारी जग्गा व्यक्तिको नाममा गरेर भ्रष्टाचार गरेको आरेपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।  

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अमिन निरौलाले जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९,५८१ र १५२ बाट कित्ताकाट गरी कित्तानम्बर ६२०, ६२२ र ६२४ को जग्गा बदनियतपुर्वक बुद्धमाया थापा मगरको नाममा गैरकानुनी रजिस्टार गराएर भ्रष्टाचार गरेका हुन् । निरौलाविरुद्ध अख्तियारले ६ लाख १८ हजार बिगो असुल उपरको माग दाबीसहित सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न भनेको छ ।  

अख्तियारले बुद्धमाया थापा मगर, राम कृष्ण थापा मगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमा ल्हमू शेर्पालाई पनि प्रतिवादी बनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस