कारागार पुगेर शरतसिंह भण्डारीले पनि भेटे रेशम चौधरीलाई « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कारागार पुगेर शरतसिंह भण्डारीले पनि भेटे रेशम चौधरीलाई


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौं । टिकापुर घटनाका दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीसँग लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि भेट गरेका छन् ।

भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल कारागार पुगेर चौधरीसँग भेट गरेको लोसपाका एक नेताले बताए ।

उनीहरुबीच राष्ट्रिय राजनीतिको सवाल र समसामयिक विषयमा छलफल भएको छ ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा अदालतबाट सजाय पाएका चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट जितेको छ । चुनावी नतिजा लगत्तै विभिन्न दलका नेताले चौधरीसँग भेटघाट बढाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस