राजेन्द्र लिङ्देन विजयी, सिटौला पराजित  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजेन्द्र लिङ्देन विजयी, सिटौला पराजित 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ झापा निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पुनः विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा दोहोरिएका हुन् ।

बिहीबार अपराह्न सार्वजनिक अन्तिम मत परिणाम अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत पाए ।

०७४ मा पनि सोही क्षेत्रबाट लिङ्देनले सिटौलालाई हराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस