झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु’ महतले उल्लेख  गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस