मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका ७ कार्यकर्ता पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका ७ कार्यकर्ता पक्राउ


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । महोत्तरीमा निर्वाचन बहिष्कार गर्ने गतिविधि गरेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरू बलवा नगरपालिका ७ बनौटाबाट पक्राउ परेका हुन् । 

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको महोत्तरीको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए । 

पक्राउ पर्नेहरू मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता छन् । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादवलगायत ६ जना र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरूले चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वितरण गरिरहेका थिए । उनीहरू चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस