राष्ट्रपति आइसल्याण्ड प्रस्थान, कार्यकारी अधिकार उपराष्ट्रपति पुनलाई « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति आइसल्याण्ड प्रस्थान, कार्यकारी अधिकार उपराष्ट्रपति पुनलाई


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आइसल्याण्ड भ्रमणका दौरान उपराष्टति नन्दबहादुर पुनलाई कार्यकारी अधिकार दिएकी छन् । 

भण्डारी सोमबार औपचारिक भ्रमणका लागि आइसल्याण्ड गएकी छन् । उनी भ्रमणमा रहुन्जेल आफूले सम्पादन गर्ने कार्य उपराष्ट्रपति पुनले गर्ने गरी तोकेकी हुन् । 

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस