हुम्लामा बाक्लो हिउँ परेका कारण निर्वाचन सामग्री पुर्‍याउन गाह्रो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा बाक्लो हिउँ परेका कारण निर्वाचन सामग्री पुर्‍याउन गाह्रो


१२ कार्तिक २०७९, शनिबार


हुम्ला । नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङ हिउँ छिचोल्दै वडा कार्यालय लिमि पुगेका छन् ।

५ हजार २ सय मिटर उचाइमा रहेको न्यालु लेख पार गरी सकपूर्ण रूपमा हिउँ छिचोल्दै उनी लिमि पुगेका हुन् । अहिले यस क्षेत्रमा तीन फिट हिउँ जमेपछि आवतजावतमा समस्या भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष तामाङले जानकारी दिए ।

गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको हिमपातले न्यालु लेख आवतजावत बन्द भएको वडाध्यक्ष तामाङले बताए । चार जनाको टोली हिउँ छिचोल्दै लिमि पुगेको वडाध्यक्ष तामाङको भनाई छ । सदरमुकाम सिमकोदेखि पाँच दिनको पैदल यात्रापछि सकसका साथ लिमि पुगेको वडाध्यक्ष तामाङले बताए ।

न्यालु लेखमा बाक्लो हिमपात भएपछि अहिले यातायात सेवा ठप्प छ । आगामी निर्वाचनमा खटिने कर्मचारीलाई यस क्षेत्रमा पैदल पुग्न सकस पुग्ने बताउँदै वडाध्यक्ष तामाङले भने, ‘बाक्लो हिउँका कारण कर्मचारी मात्र होइन निर्वाचन सामग्री पुर्‍याउन पनि कठिन हुने देखिन्छ ।’ तर, यहाँ अहिलेसम्म निर्वाचन सामग्री ढुवानी सुरु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस