अर्थमन्त्रालयको जिम्मेवारी पम्फा भुसाललाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रालयको जिम्मेवारी पम्फा भुसाललाई


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयको जिम्मेवारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई दिइएको छ । अर्थमन्त्री जनार्दन शर्मा ग्रिन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै सो मन्त्रालयको जिम्मेवारी ऊर्जा मन्त्री भुसाललाई दिइएको हो ।

अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भुसाललाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी भुसालले सम्हाल्ने जानकारी दिएको छ । 

अर्थमन्त्री शर्मा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर दक्षिण कोरियाको इन्चेनमा आयोजना हुने जीसीएफमा समेत सहभागी हुनेछन् । 

नेपाल राष्ट्र बैङ्कका गभर्नर यसअघि नै अमेरिका प्रस्थान गरिसकेका छन् । अर्थमन्त्री शर्मासँगै अर्थसचिव कृष्णहरि पुष्कर र सह-सचिव ईश्वरीप्रसाद अर्याल पनि अमेरिका गएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस