ब्रोकर लाइसेन्स नियमावली : प्रस्ताव विपरीत बुँदा थपेर आउँदा द्विविधामा धितोपत्र बोर्ड (नियमावलीसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ब्रोकर लाइसेन्स नियमावली : प्रस्ताव विपरीत बुँदा थपेर आउँदा द्विविधामा धितोपत्र बोर्ड (नियमावलीसहित)


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण गरिएको छ ।

सरकारले जारी गरेको नियमावलीले नेपाल धितोपत्र बोर्ड द्विविधामा परेको छ । नियमावलीको बुँदा नं २ को उपबुँदा ३ मा धितोपत्र बोर्डले नियमावली प्रारम्भ भएपछि ३० दिनको समय दिएर आवेदन माग गर्ने भनिएको छ । तर, उपबुँदा ५ मा भने ‘नियमावली प्रारम्भ भएको ३ वर्षपछि बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्नेछ’ भनिएको छ ।

गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले संशोधन पारित गरेको थियो । पास भएको नियमावलीमा आफूले प्रस्ताव गरेकोभन्दा विपरीत अर्को बुँदा थपेर आएपछि बोर्ड नै अन्योलमा परेको हो । बोर्डले पुनः नियमावली संशोधनको मागसमेत गरेको छ ।

बोर्ड स्रोतका अनुसार नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नियमावलीमा धितोपत्र बोर्डले शेयर किनबेचका लागि २० करोड चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ । अहिलेको साधारण शेयर खरिदबिक्रीका लागि २ करोड चुक्ता पुँजी चाहिन्छ ।

यस्तै लगानी परामर्श सेवा, निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोड रुपैयाँको चुक्ता पुँजी चाहिने व्यवस्था गरिएको छ ।

हेर्नुस् नियमावली:

Tags :
प्रतिक्रिया दिनुहोस