जबराकाे आजको बयान सकियाे, अब लिखित जवाफ दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जबराकाे आजको बयान सकियाे, अब लिखित जवाफ दिने


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिखित जवाफ लिने भएको छ । समितिले आज एक घण्टा मात्रै बयान लिएको छ ।

बयानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सदस्य मीन विश्वकर्माले समय धेरै लाग्ने भएकाले अब लिखित जवाफ लिइने र त्यसकै आधारमा प्रतिप्रश्न गरिने जानकारी दिए ।

सिंहदरवारमा समितिको बैठकले आज उनलाई पाँच प्रश्न सोधिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आज पाँच प्रश्न सोधिएको थियो । अर्को बैठक भदौ २५ गते १२ः३० मा बस्ने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस