सय सिटभन्दा कम भए गठबन्धन गर्नुको अर्थ छैन : कोइराला « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सय सिटभन्दा कम भए गठबन्धन गर्नुको अर्थ छैन : कोइराला


११ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । उनले कांग्रेसले ! सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताए ।

अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने उनले बताए । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’

नेपाली कांग्रेस मोरङ क्षेत्र नं-६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस