दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ सङ्क्रमित « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ सङ्क्रमित


१३ श्रावण २०७९, शुक्रबार


सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। ।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपि ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ ।

यस अवधिमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस