दुई जिल्लाका सिडिओ फेरिए, मकवानपुरका पाण्डे रुपन्देही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई जिल्लाका सिडिओ फेरिए, मकवानपुरका पाण्डे रुपन्देही


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई रुपन्देहीको प्रजिअमा सरुवा गरेको छ भने रुपन्देहीका ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ । मकवानपुरका प्रजिअ पाण्डे सक्रिय र काम गर्ने प्रजिअका रूपमा चिनिन्छन् ।

मकवानपुरमा मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्र बैतडीको प्रजिअबाट मन्त्रालय ल्याइएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस