९ वटा ब्रुमरले सडक सफा गर्दैछौं : मेयर बालेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

९ वटा ब्रुमरले सडक सफा गर्दैछौं : मेयर बालेन


१ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुनः सञ्चालनमा ल्याइएको बताएका छन्।

सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।

आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए।

‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निष्क्रिय रहेका ब्रुमरको मर्मत भएर काम सुरु हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौँ सफाइ गर्न थालेका छन्।’

उनकाअनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताए।

‘बर्खा भएकोले केही असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस