वीरेन्द्रनगरको मेयरमा एमालेबाट ढकाल विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वीरेन्द्रनगरको मेयरमा एमालेबाट ढकाल विजयी


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल विजयी भएकी छिन् । ढकाल गठबन्धनका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

ढकालले १६ हजार ३८ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत ल्याए । त्यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत पाएका छन् ।

उपमेयरमा एमालेकै नीलकण्ठ खनाल विजयी भएकी छन् । खनालले २० हजार ३६४ मत पाएर विजयी भएका हुन् भने उनका निकटतम माओवादीकी शान्ती ढकालले ११ हजार ५३३ मत पाएकी छिन् । त्यस्तै राप्रपाकी लक्ष्मी कुमारी सार्कीले ३६९७ पाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस