सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा काँग्रेस विजयी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसकी मिना कार्की विजयी भएकी छिन् । उपाध्यक्षमा पनि काँग्रेसकै ङवाङल्हाक्पा शेर्पा विजयी भए ।

अध्यक्षका विजयी मिनाले १२६० मत र उपाध्यक्षमा विजयी शेर्पाले १४११ मत ल्याएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बस्नेतले १११३ र उपाध्यक्ष उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८६७ मत ल्याउन सफल भएका छन् ।

अहिलेसम्म गणना सकिएका स्थानीय तहको परिणामअनुसार प्रमुखमा विजयी हुने मिना एक मात्र महिला उम्मेदवार हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस