दार्चुलाको महाकाली नगरको मेयरमा एमालेका नरसिंह चैसिर निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दार्चुलाको महाकाली नगरको मेयरमा एमालेका नरसिंह चैसिर निर्वाचित


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर निर्वाचित भएका छन् ।

उनले ५ हजार १३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।

भट्टले २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडि पार्दै विजयी भएका थिए । तर अहिले नतिजा ठिक उल्टो भएको छ ।

यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए ।

Tags :
प्रतिक्रिया दिनुहोस