स्थानीय निर्वाचन अपडेट : २४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ? (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्थानीय निर्वाचन अपडेट : २४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ? (सूचीसहित)


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली काँग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र ३ पालिका प्रमुख जितेर दोस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ ।

एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

अहिलेसम्म कहाँ कसले जिते ? हेर्नुस् सूची :

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह:
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका- मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु

८. साइपाल गाउँपालिका-बझाङ

९. नवलपुरको बौदीकाली -नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका- बझाङ

नेपाली काँग्रेसले प्रमुख जितेका स्थानीय तह:
१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका-मनाङ

४. गुल्मी दरबार गाउँपालिका- गुल्मी

५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा

६. रेसुङ्गा नगरपालिका- गुल्मी

७. खार्पुनाथ गाउँपालिका- हुम्ला

८. बडिकेदार गाउँपालिका- डोटी

९. तमानखोला गाउँपालिकामा- बागलुङ

माओवादी केन्द्रले जितेका स्थानीय तह :
१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका- बागलुङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह :
१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

Tags :
प्रतिक्रिया दिनुहोस