काठमाडौँ महानगरको मतपेटिका राष्ट्रियसभा लगिँदै, ८ बजेबाट मतगणना सुरु गरिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरको मतपेटिका राष्ट्रियसभा लगिँदै, ८ बजेबाट मतगणना सुरु गरिने


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ।

मतदान कार्य सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो ।

जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका सङ्कलन गरी मतगणना स्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस