व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट


३० बैशाख २०७९, शुक्रबार


तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । जोशीको टाउकोमा चोट लागेको छ ।

काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।

जोशीले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थेँ’ उनले भने, ‘अहिले पनि बाहिर गुन्डाहरू छन्, म भित्र छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस